Translate:

June 20, 2026

डायोस्पोरामा रहे बसेको मन ..

1 min read

डायोस्पोरामा रहे बसेको मन ..

–             जीवनाथ खनाल

बाध्यता, रहर, आकाँक्षा वा सुखी जीवनको सपना पूरा गर्न सात समुद्र पारी “मुग्लान जाने संस्कृति” नेपाली जीवनको अभिन्न संस्कृति नै हो । आफू जन्मेको माटो छाडेर नेपाली जनता पराई देशमा रगत पसीना बगाइरहेछन् । जीवन र सम्पूर्ण पारिवारिक र सामाजिक भविष्य नै उत्सर्ग गरिरहेछन् ।

के आफू जन्मेको माटोलाई मानिस चटक्कै बिर्सन्छ ? मातृभूमिलाई बिर्सने कृतघ्नता कसरी गर्न सक्छ ? केही अपवाद हुन सक्छन् । तर अधिकाँश मानिसहरु आफू जता गए पनि आफ्नो मनलाई जन्मभूमिमा रहे बसेका आफन्तहरुसँग नै छोडेर भौतिक शरीर मात्र लिएर जाने रहेछन् । जो, दिन र रात नभनी शारीरिक वा मानसिक श्रम गर्छन् र आफूले आर्जेको रकमबाट अनिवार्य खर्च जुटाएर बचेको रकमबाट आफन्तको सामाजिक उत्थानका लागि आर्थिक सहयोग गर्छन् । उनीहरुको “आफन्त प्रेम र सामाजिक भावना”अतुल्य हुने रहेछ ।

यहाँ, समग्र नेपाल र नेपालीको नभई संखुवासभा जिल्ला जन्मथलो भएका, सात समुद्र पारी पराई मुलुक “हङ्गकङ्ग”मा श्रम एवम् बसोवास गर्ने संखुवासभालीहरुको “आफन्त प्रेम र सामाजिक भावना”का बारेमा संक्षिप्त चर्चा गर्न खोजिएको छ ।

प्रशान्त महासागरको पश्चिम किनारामा बसेको चाइनाको विशेष प्रशासनिक क्षेत्र “हङ्गकङ्ग”मा संखुवासभालीहरुको बाक्लै उपस्थिति छ । आ–आफ्नो परिस्थितिसँग जुधिरहेका छन् र पनि सम्झिरहेछन् संखुवासभालाई, संखुवासभामा बसेका आफन्तलाई, समाजलाई, सामाजिक अवश्थालाई । अनि चाहिरहेका छन् सामाजिक र आर्थिक उत्थान ।

प्रथमतः पराई मुलुकमा रहँदा बस्दा आपसमा साथ सहयोग आवश्यक हुन्छ भन्ने बोध भएर “हङ्गकङ्ग”मा बसोवास गर्ने संखुवासभालीहरुले एउटा साझा “घर (संस्था)” बनाए “संखुवासभा समाज हङ्गकङ्ग” । पेशा आ–आफ्नै छ । तर चाडपर्वमा, व्यक्तिगत सुखदुःखका अवस्थामा उनीहरु नियमित भेटघाट गर्छन् । चाडपर्व, विवाह, व्रतबन्ध लगायतका सुखद अवसरमा खुशी मनाउँछन् । एक–आपसमा आपत विपत परेको बेला वा कोही अभर परेको अवस्थामा उनीहरु तत्काल सहयोगका लागि जुट्छन् । “संखुवासभा समाज हङ्गकङ्ग” परिवारको यो सहयोगी मनको परिधि हङ्गकङ्गमा मात्र सिमित छैन । यसको परिधि फराकिलो हुँदै उनीहरुको जन्मभूमि संखुवासभा जिल्लासम्म विस्तार भएको छ । आफ्नो स्थापना कालदेखि नै “संखुवासभा समाज हङ्गकङ्ग” परिवारले संखुवासभा जिल्लाको शिक्षा स्वास्थ्य आर्थिक, दैवी प्रकोप, समग्र भौतिक विकास निर्माणमा प्रत्यक्ष एवम परोक्ष रुपमा सहयोग पु¥याउदै आएको छ ।

जन्मभूमिको समग्र विकासमा हातेमालो गर्ने ध्येयले “संखुवासभा समाज हङ्गकङ्ग” परिवारका प्रतिनिधिहरुले संखुवासभा जिल्ला भ्रमण गरेर स्थानीय अगुवा बुद्धिजीवि, शिक्षक, समाजसेवी, राजनीतिकर्मी, उद्योगी व्यापारी एवम् आम नागरिकहरुसंग अन्तक्र्रिया गरेर वि.सं.२०६९ सालमा “संखुवासभा हङ्गकङ्ग प्रतिभा पुरस्कार प्रतिष्ठान” नामको संस्था स्थापना गरेका छन् । जसलाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले दर्ता नम्वर ३२८/२०६९ मा दर्ता गरेको छ ।

“संखुवासभा समाज हङ्गकङ्ग” परिवारले आरम्भदेखि नै यो संस्था मार्फत जिल्लामा सामाजिक तथा विकाससम्बद्ध कार्य गर्ने नीति अख्तियार गरेको छ । “संखुवासभा समाज हङ्गकङ्ग” परिवारले संखुवासभा जिल्लामा रहेर कुनै पनि पेशा वा व्यवसायमा उत्कृष्ट योगदान गर्ने व्यक्ति/व्यक्तित्व, व्यवसायी, उद्यमी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, स्वयम्सेवी, गैह्र सरकारी संघ संस्थामा आबद्घ समाजसेवीलाई पुरस्कृत गरेर प्रोत्साहित गर्ने उद्देश्यले विविध क्रियाकलाप गरी आएको छ ।

“संखुवासभा समाज हङ्गकङ्ग” परिवारको उद्देश्य प्राप्तिका लागि संखुवासभा जिल्लामा स्थापित “संखुवासभा हङ्गकङ्ग प्रतिभा पुरस्कार प्रतिष्ठान”मा क्रियाशील पदाधिकारीहरु निम्न बमोजिम रहनु भएको छ ।

१.        अध्यक्ष         श्री टीकाराम गुरुङ्ग खाँदवारी, निवर्तमान क्याम्पस प्रमुख वरुण बहुमुखी क्याम्पस खाँदवारी,

२.        सचिव           श्री किरण शाक्य खाँदवारी, पूर्व क्याम्पस प्रमुख वरुण बहुमुखी क्याम्पस खाँदवारी,

३.        सदस्य          श्री चन्द्र कुमार घोण्डे मादी मूलखर्क, समाजसेवी एवम् राजनीतिकर्मी,

४.        सदस्य          श्री श्यामशुन्दर उदाश खाँदवारी, पूर्व अध्यक्ष उद्योग वाणिज्य सँघ संखुवासभा,

५.        सदस्य          श्री पर्शुराम दाहाल चैनपुर खराङ्ग, स्वतन्त्र परामर्शदाता,

६.        सदस्य          श्री दयानन्द दाहाल मादीराम्वेनी समाजसेवी,

७.       सदस्य          श्री वीरबहादुर राई पाँचखपन, प्रधानाध्यापक हिमालय उच्च माध्यमिक विद्यालय खाँदवारी,

८.        सदस्य          श्री भरत कुमार शाक्य चैनपुर, पूर्व क्याम्पस प्रमुख,

९.        सदस्य          श्री कालीवहादुर लिम्बु चैनपुर सिद्धपोखरी, समाजसेवी,

१०.      सदस्य          श्री ताराकुमारी घोण्डे खाँदवारी गुवाबारी, समाजसेवी,

११.      सदस्य          श्री संखुवासभा समाज हङ्गकङ्ग, प्रतिनिधि

१२.      सदस्य          श्री संखुवासभा समाज हङ्गकङ्ग, प्रतिनिधि

१३.      सदस्य          श्री संखुवासभा समाज हङ्गकङ्ग, प्रतिनिधि

“संखुवासभा समाज हङ्गकङ्ग”ले “संखुवासभा हङ्गकङ्ग प्रतिभा पुरस्कार प्रतिष्ठान”सँग समन्वय गरेर वि.सं.२०७० साल यता “प्रतिभा पुरस्कार, शैक्षिक छात्रवृत्ति तथा निवृत्तिभरण कोष, दैवी प्रकोप राहत वितरण, टि–सर्ट तथा ज्याकेट वितरण र पुस्तक परिचय तथा सम्मान कार्यक्रमहरु गर्दै आएको छ । जस अन्तर्गत हालसम्म निम्न कार्यक्रमहरु सञ्चालन गरेको अभिलेख पाइन्छ ।

क) प्रतिभा पुरस्कार वितरण ः

१.    प्रथम पटक ः  २०७० माघ ७ गते संखुवासभा जिल्लाबाट एस.एल.सि परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रा २ जनालाई पुरष्कृत गरेको छ ।

२.    दोस्रो पटक ः  २०७२ असार १५ गते संखुवासभा जिल्लाका उत्कृष्ट २ जना नगदे बाली चिया किसानलाई पुरष्कृत गरेको छ ।

३.    तेस्रो पटक ः   २०७३ चैत १२ गते संखुवासभा जिल्लाका उत्कृष्ट कलाकार (मूर्तिकार) र साहित्यकार १/१ जना गरी २ जनालाई पुरष्कृत गरेको छ ।

४.    चौथो पटक ः  २०७५ माघ २३ गते संखुवासभा जिल्लाका उत्कृष्ट गायक÷सङ्गीतकार २ जना र १ जना म्याराथन धाविकालाई पुरष्कृत गरेको छ ।

५.    पाँचौ पटक ः  २०७८ फागुन ९ गते संखुवासभा जिल्लाका देहायका उत्कृष्ट संस्था, उद्योग र व्यक्तिलाई पुरष्कृत गरेको छ ।

१.          सिलिचोङ्ग क्लव सिलिचोङ्ग संखुवासभा,

२.          कनकमान श्रेष्ठ, चैनपुरे करुवा उद्योग, चैनपुर नगरपालिका चैनपुर वजार,

३.          विरु गुरुङ, मिनरल वाटर उद्योग, खाँदवारी नगरपालिका ३ मानेभञ्ज्याङ्ग,

४.          श्यामसुन्दर श्रेष्ठ, खाँदवारी नगरपालिका खाँदवारी बजार संखुवासभा उद्योग वाणिज्य संघ, नेपाल नेत्रज्योति संघ, खाँदवारी शाखा तथा आखा उपचार केन्द्रको संस्थापक अध्यक्ष एवम् समाजसेवी ।

ख) शैक्षिक छात्रवृत्ति तथा निवृत्तिभरण कोष वितरण ः

“संखुवासभा समाज हङ्गकङ्ग”को उद्देश्य अनुरुप निम्न बमोजिम शैक्षिक छात्रवृत्ति कोष स्थापना र निवृत्तिभरण कोष स्थापना र सञ्चालनका लागि अक्षय–कोष जम्मा गर्ने र सम्बन्धित व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिदै आएको छ ।

१.          कुमार राई स्मृति अक्षयकोष (खाँदवारी नगरपालिका वडा नं.४,

२.          पवन लिंथेप स्मृति अक्षयकोष मादी नगरपालिका बाघा,

३.          जङ्ग बहादुर प्रसाद ठाकुर निवृत्ति भरण कोष ।

ग) दैवी प्रकोप राहत वितरण कार्यक्रम ः

१.  प्रथम पटक ः २०७१ साल साउन १९ गतेको अविरल वर्षाले तत्कालीन स्यावुन गाउँ विकास समिति वडा नं. ३ फच्याङमा गएको बाढी पहिरोबाट पीडितहरुलाई ५लाख १० हजार रुपैंया रकम वितरण गरिएको छ ।

२.  दोस्रो पटक ः गत २०७२ साल बैशाख १२ गते र २९ गतेको महाभूकम्प र त्यस पछिका पटक पटक गएका पराकम्पनको साथै जेठ २७ र २८ गतेको मुसलधार वर्षाका कारण गएको बाढी पहिरोबाट पीडित तत्कालीन नुम, मकालु, पाथीभरा, पावाखोला र हटिया गाउँ विकास समितिका २८७ घर परिवारलाई कुल ४ लाख २८ हजार तीन सय पचास रुपैंया बराबर राहत उपलव्ध गराइएको थियो ।

३.  तेस्रो पटक ः मिति २०७३ साल कात्तिक १५ गते राति मादी बजारमा आगोलागी भई ७ घर जलेर नष्ट भएका परिवारलाई १ लाख ७५ हजार रुपैंया राहत रकम र ३० हजार रुपैंया बराबरको व्ल्याङ्केट उपलव्ध गराइएको थियो ।

४.  चौथो पटक ः मकालु गाउपालिका वडा न.ं ५ माङसिमा गाउँमा आगोलागीबाट नष्ट भएको एउटा घर पुनःनिर्माण गर्न राहत स्वरुप ४ लाख ३५ हजार तीन सय एघार रुपैंया घर निर्माण सम्पन्न भए पश्चात हस्तान्तरण गरिएको छ ।

५.  पाँचौ पटक ः सिलिचोङ्ग गाउँपालिका वडा नं. २ वेसिन्दामा मिति २०७७ साल असार ३ गते गएको विनाशकारी पहिरोले धनजनको नोक्सानी गर्नुको साथै वस्ती नै विस्थापित हुनपर्ने अवस्था सिर्जना गरेकाले पहिरो पीडितहरुलाई राहतस्वरुप ५ लाख ५ हजार पाँच सय पचपन्न रुपैंया उपलव्ध गराइएको छ ।

६.  छैटौं पटक ः मिति २०८० साल असार २ गते आएको अविरल वर्षाका कारण संखुवासभा जिल्लाका पाँचखपन, चैनपुर नगरपालिका र सभापोखरी गाउँपालिकास्थित हेवाँ खोला, पिलुवा खोला र सभा खोलामा आएको भीषण बाढी र पहिरोमा परी ज्यान गुमाएका एवम् धनजनको क्षति व्यहोरेका परिवारलाइ ६ लाख ६० हजार रुपैंया राहत सहयोग उपलव्ध गराइएको छ ।

घ) अन्य सहयोगहरु ः

१.  आ.व २०७३/०७४ मा नेपाल रेडक्रस सोसाइटी खाँदवारी शाखालाई एम्वुलेन्स सञ्चालनका लागि सवारी साधन खरिद गरी हस्तान्तरण गरेको

२.  खाँदवारी विगतमा खाँदवारी बजारमा आगोलागी भएको अवस्थामा आगोलागीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको थियो ।

ङ) समाजको लोगो अङ्कित टि–सर्ट र ज्याकेट वितरण ः

संखुवासभा प्रतिभा पुरस्कार प्रतिष्ठान मार्फत संखुवासभा समाज हङ्गकङ्गले दुई पटक गरेर समाजको लोगो अङ्कित एक सय थान टि–सर्ट वितरण गरेको छ ।

च) पुस्तक वारेमा परिचर्चा तथा सम्मान ः

संखुवासभा समाज हङ्गकङ्गका संस्थापक अध्यक्ष तथा कथाकार श्री उपेन्द्र कोरङ्गी (दाजु गुरुङ्ग ) द्वारा लिखित पुस्तक “लाई–सि”का बारेमा परिचर्चा गर्नुको साथै मिति २ं०७८ साल चैत १५ गते पूर्व साँसद राजेन्द्रप्रसाद गौतमको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडा समेतको उपस्थितिमा पुस्तक लेखक दाजु गरुङ्गलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानको आगामी कार्यक्रमहरु ः

“संखुवासभा समाज हङ्गकङ्ग”ले आगामी दिनमा पनि निम्न कार्य गर्ने कार्यसूची निर्धारण गरेको छ ।

  • जिल्लामा रहेर सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गर्ने तथा जिल्ला भित्रका उत्कृष्ट प्रतिभा खोजी गरी “प्रतिभा पुरस्कार” प्रदान गर्ने कार्यक्रमलाई नियमित गर्ने,
  • शैक्षिक उन्नतिका लागि सहयोगको खाँचो भएका छात्रछात्राहरुलाई प्रदान गरिँदै आएको छात्रवृत्ति कार्यक्रमलाई नियमित गर्ने र “छात्रवृत्ति कोष”को व्यवस्थापन कार्य सम्बन्धित कार्य सञ्चालकलाई हस्तान्तरण गर्ने,
  • जिल्लामा पर्न जाने दैवी प्रकोपबाट पीडित हुने परिवारलाई राहत उपलव्ध गराउने,
  • जिल्ला भित्र सञ्चालन हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधिमा हातेमालो गर्ने कार्यलाई “संखुवासभा समाज हङ्गकङ्ग”ले नियमित गर्ने कार्यसूची निर्धारण भएको छ ।

जन्मभूमिमा हुने गरेका घटना÷परिघटनाका बारेमा डायोस्पोराबाट चासो व्यक्त भएको अवस्थामा “निजी सुख सुविधाका लागि देश छाड्नेहरुलाई किन चासो ?” भन्ने भाष्य व्यक्त हुन थालेको वर्तमान समाज र सामाजिक मनोविज्ञानले के कस्तो नतिजा देला भन्न सकिँदैन । तर एउटा कुरा निश्चित रुपमा भन्न सकिन्छ, “डायोस्पोरामा बसेकाहरुमा जन्मभूमिप्रति जुन अगाध श्रद्धा र प्रेम छ, त्यो अतुलनीय छ” । जसलाई स्वदेशमा बस्नेहरुले सके सम्मान गर्नुपर्छ । सम्मान गर्न नसके नकारात्मक टिप्पणी नगरेकै राम्रो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »