Translate:

April 23, 2024

वरुण उपत्यकामा पाइएका पुतलीका केही प्रजाति

1 min read

संखुवासभामा पवित्र नदी मानिएको वरुण नदीले बनाएको उपत्यका “वरुण उपत्यका” विदेशीहरुमाझ जैविक विविधताका लागि प्रख्यात छ । केही पहिले भएको एक अध्ययन अनुसार वरुण उपत्यका दुर्लभ वन्यजन्तु, पञ्छी अनि वनस्पति पाइन्छ । यो उपत्यकामा ३१५ प्रजातिका पुतली, ७८ प्रजातिका माछा, १६ प्रजातिका उभयचर, ४३ प्रजातिका सरीसृप, ४२१ प्रजातिका पञ्छी र ८८ प्रजातिका स्तनधारी जनावर पाइन्छ भन्ने अध्ययनको निचोड छ । यस पछि आजसम्म यहाँको भू–बनोट, जैविक विविधता, हावापानी आदिका बारेमा थप अध्ययन भएको छैन ।
खोज, अनुसन्धानकर्ताका लागि प्राकृतिक विश्वविद्यालय बनेको यो वरुण उपत्यका भएर हटियातर्फ जाँदै गर्दा बाटोमा फेला परेका केही पुतलीको तस्वीर यहा राखिएको छ । अनौठो छ, तिनमा पाइने प्रकृतिको कलाकारिता । अझ खोजी गर्ने, पर्खेर हेर्ने हो भने कति थरीका प्रकृतिको कस्ता कस्ता कलायुक्त पुतली र अन्य जीव पाइएला …… ?

तस्वीर ः जीवनाथ खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »