Translate:

May 9, 2026

किमाथाङ्का यात्रामा भेटिएको जीवन (फोटो फिचर)

1 min read

जीवनाथ खनाल

करिब दुई दशक हुन लाग्यो, संखुवासभा जिल्लाको मित्रराष्ट्र चीनसँग जोडिएको गाउँ किमाथाङ्का ओहोरदोहोर गर्न थालेको । खाँदवारीका पत्रकार गङ्गा विष्ट यो यात्रामा जोडिएका छन् । पत्रकार आनन्द श्रेष्ठ, बिकुराम तजले, मनबहादुर बस्नेत पनि यो यात्रामा भोगेका, व्यहोरेका, सुनिएका गुनासालाई सञ्चारमाध्यमसम्म ल्याएर दुनियाँलाई जानकारी गराई दिने योगदानकर्ता हुन् । खाँदवारीदेखि किमाथाङ्कासम्मको आर्थिक, सामाजिक, भौगोलिक अवस्था, जनताको कष्टपूर्ण जीवनशैली, स्थानीय संस्कृति लगायतका क्षेत्रमा परिवर्तन ल्याउने एकमात्र माध्यम भनेको सडक यातायात नै हो भन्ने हाम्रो ठहरलाई जनतासँग जोड्ने र सरकारमाथि दवाव सिर्जना गर्ने हाम्रो प्रयास हो ।

खाँदवारीदेखि किमाथाङ्कासम्मका क्षेत्र भौगोलिक रुपले विकट छ, आर्थिक दृष्टिले दीनहीन छ । सरकारी सेवा यी तस्वीर सङ्कलन गर्दासम्म (तस्वीर २०७० सालताका लिइएका हुन्) विद्यालय, प्रहरी चौकी र तल्लो भेगमा स्वास्थ्य चौकी बाहेक अरु थिएन ।

किमाथाङ्काबाट पारीपट्टि चिनियाँ बजारमा काठमाडौंमा जत्तिकै सामान किन्न पाइन्छ । तर चाहिन्छ पैसा । त्यो संखुवासभाको सदरमुुकाम खाँदवारीबाट उत्तर लागेपछि पाइने ठाउँ छैन । शिक्षकको तलब मुद्राको मुख्य स्रोत हो । खाँदवारीस्थित बैंकबाट तलब झिकेर लैजाने शिक्षकको हातबाट मात्र नोट आदानप्रदान हुन्छ । केही जडिबुटी बेच्ने ज्ञान भएका स्थानीयहरुले सय पचास कमाई गर्छन् । अनुमान गर्न सकिन्छ, त्यो कति हुन्छ ? पिठ्युँमा बोकेको वस्तु बिक्रीबाट !

तै पनि जीवन चल्दो नै रहेछ ।

केही  तस्वीर    शव्द

 ठूलो लगानी गर्ने अवस्था नभए पनि उद्यमशील हातलाई फुर्सद कहाँ र ! चर्खामा भेडाको उन कात्दै,

 स्थानीय महिलाहरुले भेडाको उनबाट बुनेको लुकुनी लगाउने चलन लापोन्मुख हुँदै,

हिमाल तथा पहाडका बालबालिका सानै उमेरदेखि जिम्मेवारी वहन गर्ने परिस्थितिमा,

 खानाको जोहो

हिमाली क्षेत्रका बासिन्दा छाना छाउन मालिङ्गो बाँसको चित्रा नै बनाउछन् ।

हिमाली क्षेत्रमा यस्तै र यसरी नै गोरु जोतिन्छ, किमाथाङ्काको एउटा दृश्य,

 डोको बुन्दै,

डोकोमा गाग्री बोकेर पानी लिन जानुभन्दा गाग्रीलाई नै चोयाले बाँधेर डोकोको काम लिने सीपको उपयोग

किमाथाङ्कामा नूनीलो चिया खान ख्वाउन तयारी

आफ्नो उमेर र बल अनुसार घरमा चाहिने चिज ल्याउँदै

सामान ओसारपसार यसरी नै हुन्थ्यो, हुँदैछ र अब कहिलेसम्म हुने हो ।

तस्वीरः जीवनाथ खनाल 

About The Author

Copyright © All rights reserved.
Translate »