Translate:

February 6, 2025

नेपालको परराष्ट्र सम्बन्धको हविगत

1 min read

जीवनाथ खनाल

सिंहदरबारको शासकीय काम कारबाहीलाई देश र जनताको हितमा भएको विश्वास गर्न सकिने आधार के छन् ? सरकारले स्वाधीनताको सम्बद्र्धन र आर्थिक समृद्धिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवहारमा परिपक्वता प्रदर्शन गर्न वा प्रभाव पार्न सकेको छ भनेर खुलस्त भन्न सक्ने अवस्था सिर्जना भएको छ ?

कदाचित् छैन भने सरकार र सरकारलाई घेराबन्दी भएको त छैन ? नेता–कार्यकर्ताहरुले जे भन्छन् त्यो आम जनताले पत्याई दिनु पर्छ भन्ने छ ? आम नेपालीका मनमा अहिले यस खाले दर्जनौं प्रश्न सल्बलाईरहेका छन् ।

प्रसङ्ग एक ः आम सञ्चार माध्यममा आएका खबरहरुको । नेपालमा आयात हुने भारतीय तरकारी मानव–स्वास्थ्यका लागि हानीकारक मात्रामा रहेकाले विषादीको मात्रा परीक्षण गर्ने भनेर केही दिनदेखि सीमानाकामा रोकिएको थियो । ती तरकारी बिना परीक्षण भित्र्याउनु भनेर काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारलाई पठाएको पत्र सञ्चारमाध्यमहरुले सार्वजनिक गरे ।
त्यो चिठीबारे सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले ‘दुई देशका सरकारबीच पत्र आउजाउ स्वाभाविक हुने भएकाले अन्यथा लिन नहुने’ भन्दै अर्ति उपदेश दिएको समाचार एउटा दैनिकले मन्त्रीको फोटोसहित छापेको छ । ‘खै कसलाई आयो पत्र ? कसले पढ्यो पत्र ?’ भनेर प्रधानमन्त्री केपि शर्मा ओली कड्केको खबर पनि संचारमाध्यमहरुमा आए । तिनै प्रधानमन्त्रीले अर्को दिन ‘भारतको पत्रका सम्बन्धमा मलाई झुक्याइयो, म लज्जित छु’ भनेको समाचारहरु पनि आए ।

यस प्रसङ्गबाट मूलभूत रुपमा दुईवटा प्रश्न उव्जिएका छन् । पहिलो, एउटा सार्वभौम देशको सरकारको आन्तरिक प्रशासनिक कामकारवाहीमा अर्को देशले हस्तक्षेपकारी पत्राचार गर्नुले सार्वभौम सत्ताको सम्मान गरेको कसरी मान्ने ? अर्को, विदेशीको त्यस्तो हस्तक्षेपकारी कार्यलाई प्रश्रय नदिई वा ढाकछोप नगरी आफ्नो राष्ट्रियता वा स्वाधीनताको रक्षामा सरकार किन उभिन नसकेको ?

प्रसङ्ग दुई ः करिब डेढ महिना अघि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले सामाजिक सञ्जालमार्फत नेपालका आम नागरिकसँग सम्वाद गर्ने उद्घोष गरेपछि परराष्ट्र मन्त्रालयले उनलाई बोलाएर स्पष्टीकरण लियो । आम नागरिकसँग राजदूतले प्रत्यक्ष सम्बन्ध स्थापना गर्न नहुने कूटनीतिक आचारसंहिताभित्र रहनु पर्ने भनेर सल्लाह दियो । सरकार पक्षधर नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठले अमेरिकी राजदूतको गैर–कूटनीतिक कार्य भन्दै परराष्ट्रको अनुमति र समन्वय बेगर कुनै कार्य गर्न नहुने भनेर आपत्ति जनाए ।

प्रसङ्ग तीन ः चीनसँगको सम्बन्ध । नेपालको राजधानी काठमाडौंलाई चिनियाँ रेलमार्फत बेइजिङ्ग र पूर्वी एशियासँग जोड्ने प्रधानमन्त्री आलीको हावा गफबारे काठमाडौंस्थित चिनियाँ राजदूतावास लगायत चीनको नेतृत्वसमेत असन्तुष्ट रहेको खबर सञ्चारमाध्यमहरुमा आएकै छन् । ‘वि–च्याट, अलि पे’ भन्ने चिनियाँ एप्समार्फत भुक्तानी आदानप्रदानमा समेत असमझदारी रहेकाले चिनियाँ राजदूतावासले रोष प्रकट गरेको थियो । चिनियाँहरुले नेपालमा ठूला आयोजनामा सहयोग गर्ने उत्सुकता नदेखाएको भन्ने नेपाली भनाईप्रति कूटनीतिक भाषामा सङ्केत गर्दै राजदूत होउ याङ्चीले नेपालका विभिन्न ठूला परियोजनामा चिनियाँहरुले काम गरिरहेको स्मरण गराएकी थिइन् ।
आन्तरिक प्रसङ्ग ः हालै नियुक्ति पाएका नेपाली राजदूतहरुमध्ये कोहीले पानीको व्यापार त कोहीले चुरेको गिट्टी बालुवा बङ्गलादेश निर्यात गर्न सल्लाह दिएर आफ्नो रचनात्मक (?) तथा व्यावसायिक क्षमताको परिचय दिएका छन् ।

अर्को राष्ट्रको स्वाधीनता, मान, सम्मान र समृद्धिका लागि कूटनीतिक मर्यादा वा आदर्शअनुरुप राजदूतको हैसियतमा कार्य गर्नु पर्ने व्यक्ति पद र व्यक्तिगत लाभकै लागि अनेक हतकण्डा अपनाउँछन् र त्यस्तै सरकारले पनि तिनैको स्वार्थलाई सम्मान गरिरहन्छ भने देशको कूटनीतिक क्षेत्र ध्वस्त भएको नभनेर के सुदृढ र प्रभावकारी छ भन्नु पर्ने ? सजिलै मूल्याङ्कन गर्न सकिन्छ ।
उपेक्षित परराष्ट्र नीति
सुदूर इतिहासको कुरा छोडौं, वि.सं.१९०३ मा कोतपर्व, भण्डारखाल पर्व जस्ता घटनामार्फत विपक्षी भारदार हत्या गरेर राणा शासनको जग बसाल्ने जङ्गबहादुर राणाले श्री ३ को पद सिर्जना गरेर कार्यकारी अधिकार आफूले लिए र श्री ५ लाई खोपाको देउता बनाए ।
जङ्गली हात्ती समात्ने, धरहराबाट हाम फाल्ने जस्ता सन्काहा र मूर्खतापूर्ण काम गर्ने भए पनि श्री ३ भएपछि राष्ट्रको शान, मान र मर्यादा कायम राख्ने काममा अडिग रहे । भारतमा शासन गरिरहेको अँग्रेजलाई सैनिक सहयोगसमेत गरे । जस वापत उनले सन् १८१५ को सुगौली सन्धिका कारण गुमेको नेपाली भूभागमध्ये हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला फिर्ता लिए ।
जुन समयसम्म नेपालमा राणा शासन रह्यो, त्यो बेलासम्म नेपालको वैदेशिक सम्बन्ध ब्रिटिश–भारतसँग मात्र सिमित रह्यो । दोस्रो विश्व युद्धको अन्त्यसँगै संयुक्त राष्ट्र संघ गठन भएपछि सदस्य बनेको नेपालको वैदेशिक सम्बन्ध २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मात्र विस्तार हुन सक्यो ।

पञ्चायती शासनकालमा क्षेत्रीय अखण्डता र प्रभुसत्ताको सम्मान, अनाक्रमण, पारस्परिक सहयोग, शान्तिपूर्ण सह–अस्तित्व लगायतका पञ्चशीलका पाँच सिद्धान्तलाई परराष्ट्र सम्बन्धको मार्ग निर्देशक सिद्धान्त मानिएको थियो । भारत र चीन दुवै देशप्रति समदूरीको सम्बन्ध हुनुपर्छ भन्ने मान्यताका साथै बाँकी विश्वसँगको मैत्री सम्बन्धलाई समेत प्राथमिकतामा राखिएको थियो । एकातिर संयुक्त राज्य अमेरिका र अर्कोतिर सोभियत रुस समर्थित सैनिक ध्रुवीकरणमा बाँडिएको विश्वमा असँलग्नताको नीति अख्तियार गरेको थियो ।

वि.सं. २०४६ सालको जनआन्दोलनद्वारा प्रजातन्त्र पुनःस्र्थापना भएपछि भने उपरोक्त मान्यतामा परिवर्तन देखा प¥यो । सत्ताका खेलाडि राजनीतिक दलहरुमा नेपाली जनतामा निहित सार्वभौम शक्तिलाई निस्तेज र बेवास्ता गरेर भारतलाई रिझाउने चरित्र विकास भएको छ । वि.सं.२०४६ पछि हालसम्मका सरकारहरुमध्ये कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीको सरकार मात्र अपवाद हुन् भन्न सकिन्छ ।

सिंहदरबारको कुर्सीका लागि विरामीको बहानामा दिल्ली, बैंकक, मलेशिया वा सिङ्गापुर जाने त्यहाँ भारतीय स्वार्थका स्रोतव्यक्तिसँग भेटघाट गरेर समर्थनको चिट्को बोकेर आउनु अहिले नेपाली नेताहरुको आम चरित्र बनेको छ । र नेताहरुले दौत्य सम्बन्ध स्थापित मित्रराष्ट्रहरु ऋण र अनुदान दिने दातृराष्ट्रको भूमिकामा सिमित गरेका छन् ।

अर्कोतर्फ नेपालका लागि भारतीय राजदूत वा भारतीय प्रधानमन्त्री जोसुकैलाई जतिसुकै खेर भेट्न, कुराकानी गर्न, जतिबेला जहाँ जान चाह्यो त्यहाँ जान स्वतन्त्र छन् । उनीहरुलाई नेपालको परराष्ट्र मन्त्रालय वा सिंहदरबारले कुनै खैखबर लिँदैन, कुनै प्रोटोकल आवश्यक पर्दैन । परराष्ट्र मन्त्रालय मूक दर्शक भइरहेको छ ।

बर्दीसहितका भारतीय हतियारधारी सुरक्षाकर्मी यत्रतत्र विचरण गर्ने र जो सुकैलाई जे चाह्यो त्यही गर्ने गर्दै आएका छन् । यदाकदा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा विरोध शुरु भएको खण्डमा देखावटी रुपमा नियन्त्रणमा लिएको नाटक मञ्चन हुने गरेको छ ।

जसले गर्दा नेपालको आन्तरिक मामिला होस् वा अन्तर्राष्ट्रिय भूमिकामा, नेपालका शासकहरुले भारतीय इशाराको प्रतिक्षा गर्ने गरेको आशङ्का बढ्न थालेको छ ।
नेपाललाई “शान्ति क्षेत्र”को हैसियतमा विश्व समर्थन प्राप्त हुनुपर्छ भनिन्थ्यो । तर अहिले नेपाल नै अध्यक्ष रहेको दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सक्रिय हुन सकेको छैन । मरणासन्न अवस्थामा पुगेको छ । भारतीय इच्छा हावी भएकाले सार्कको सदस्य राष्ट्र पाकिस्तान इतर विमस्टेकको अस्तित्व देखा परेको छ । त्यसैगरी “होली वाइन” प्रकरणले नेपाली जनता र पश्चिमा समुदायबीच अविश्वास पैदा गरेको छ ।

सन् १९५० मा भएको नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धिपश्चात थुप्रै सन्धि, सम्झौता र सहमति भएका छन्, जसलाई इतिहासका नेपाली विद्वानहरुले “नेपाल भारत बीचका असमान सन्धि” नाम दिएका छन् र आलोचना गरेका छन् । तर अर्कोतिर स्वतन्त्र र समृद्ध राष्ट्र निर्माणका लागि मगज खियाउन पर्ने कथित विद्वानहरु विदेशी विश्व विद्यालयबाट दीक्षित भएकै कारणले “विभिषण–पन्थ”प्रति इमान्दार रहेको पनि पाइन्छ ।
दलीय मतैक्यता र सुझबुझ
“निस्सारस्यः पदार्थस्यः प्रावेणाडम्बरो महान् (सुभाषित रत्नभण्डार)” अर्थात ‘गुदी’ नभएकाहरुको फूर्तिफार्ति बढी हुन्छ भने झै नेपालमा योग्य मान्छेलाई उचित जिम्मेवारी दिनुको साटो सरकारमा पुग्नेहरुले आफू सरकारमा भएको मौकामा आफ्नालाई कसरी लाभ पु¥याउने भन्ने ध्याउन्नमा मात्र सोच्ने प्रवृत्ति विकास भएको पाइन्छ ।
सत्तारुढ दलको कूटनीतिक नियुक्तिको आधार वा शैली हेर्दा विज्ञ र देशका लागि योगदान गर्ने व्यक्तित्व, सुझबुझ भएको व्यक्तित्वको खोजी गर्ने र जिम्मेवारी दिने भन्दा पनि आफूलाई सहयोग गर्नेलाई गुन तिर्ने क्षेत्र बन्न पुगेको छ । म्यान पावर कम्पनीका मालिक वा पार्टीलाई सहयोग गर्ने चन्दादाता कूटनीतिक नियुक्तिका लागि योग्य हुन थालेका छन्, संसदीय सुनुवाईबाट पनि । अनि के आशा गर्ने ?

वर्तमान संसदमा रहेको प्रमुख प्रतिपक्षी राजनीतिक दल नेपाली काँग्रेसप्रति आश गर्ने ठाउँ छैन भने पनि हुन्छ । वि.सं.२०७४ को आम निर्वाचन गराउने सरकारका प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा भारतीय समर्थन हासिल गर्न समकक्षी नरेन्द्र मोदीसँग “नेपालको संविधानमा भारतीय चाहना बमोजिम संशोधन गरीदिने” भनी दिएको वचन एउटा सार्वभौम देशको सर्वोच्च प्रशासकले गर्ने सामान्य व्यवहार हो वा अन्यथा ? देउवाको यो व्यवहारका बारेमा उचित प्रतिक्रिया नदिई मौन बसिदिने काँग्रेसी जनहरुप्रति पनि आशावादी हुने ठाउँ छैन ।

यति चोखो यति मिठो दिउला तिमीलाई माया ।
मेरो सारा जीवन सबै तिमीलाई
मिठामिठा क्षणहरु सबै तिमीलाई
मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई।।।।।।।
यति चोखो यति मिठो दिउँला तिम्लाई माया
आखाँ भित्र बस्नु तिमी छातिमा निदाउनु ।
सपनिमा पनि मलाई सुस्तरी चिहाउनु ।।
सधै सधै तिमी मेरी माया बनी आउनु ।।।
यति चोखो यति मिठो दिउला तिमीलाई माया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved.
Translate »